उद्योगमन्त्रीले बुझाइन् ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन

आइतबार, १४ असार, २०८३
डिजिटल संस्करण

सरकारको एक सयदिने शासकीय सुधार कार्ययोजनाअन्तर्गत उद्योग मन्त्रालयलाई तोकिएका कार्यहरू समेटिएको ३२ बुँदे प्रगतिसम्बन्धी प्रतिवेदन उद्योगमन्त्री गौरीकुमारी यादवले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुझाएकी छिन् ।

उनले प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रगति प्रतिवेदन हस्तान्तरण गरेको सचिवालयले जनाएको छ ।

सरकारको कार्ययोजनाअनुसार विभिन्न नीतिगत सुधार, औद्योगिक वातावरण सुधार, सेवा प्रवाहलाई प्रभावकारी बनाउने, लगानीमैत्री वातावरण सिर्जना गर्ने, उद्योग प्रशासनलाई चुस्त बनाउने तथा मन्त्रालयका प्राथमिकतामा रहेका विभिन्न कार्यक्रम कार्यान्वयन गर्ने लक्ष्य राखिएको थियो ।

उद्योग मन्त्रालयले ती सबै कार्यहरू निर्धारित समयभन्दा अगावै सम्पन्न गरी त्यसको प्रतिवेदन प्रधानमन्त्रीसमक्ष पेस गरेको जनाएको छ ।
 

सुझावित समाचार