भक्तपुरमा छोराको कुटपिटबाट आमाको मृत्यु, आरोपी पक्राउ

शनिबार, १३ असार, २०८३
डिजिटल संस्करण

भक्तपुरको सूर्यविनायक नगरपालिका–९, भातेढिकुर चोकमा छोराको कुटपिटबाट आमाको मृत्यु भएको छ। प्रहरीका अनुसार शुक्रबार साँझ करिब ७:४५ बजे उदयपुरको कटारी नगरपालिका–५ स्थायी घर भई हाल भातेढिकुर बस्दै आएकी ४० वर्षीया मेघिया चौधरीमाथि उनका २४ वर्षीय छोरा किरण चौधरीले कुटपिट गरेका थिए।

कुटपिटबाट गम्भीर घाइते भएकी मेघियालाई प्रारम्भिक उपचारका लागि सूर्यविनायक नगर अस्पताल लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि वीर अस्पताल हुँदै पाटन अस्पताल रिफर गरिएको थियो। उपचारकै क्रममा राति करिब ११ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

घटनामा संलग्न मृतकका छोरा किरण चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको कारण खुल्न बाँकी रहेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सुझावित समाचार