भेनेजुएलामा लगातार दुई शक्तिशाली भूकम्प गएपछि आपतकाल घोषणा

बिहिबार, ११ असार, २०८३
डिजिटल संस्करण

भेनेजुएलामा छोटो समयको अन्तरालमा आएका दुई शक्तिशाली भूकम्पका कारण व्यापक त्रास फैलिएको छ। प्रारम्भिक विवरणअनुसार धेरै भवनहरूमा क्षति पुगेको छ भने केही संरचनाहरू ढलेका छन्।

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार पहिलो भूकम्प ७.२ म्याग्निट्युड र त्यसको केवल ३९ सेकेन्डपछि ७.५ म्याग्निट्युडको दोस्रो शक्तिशाली भूकम्प आएको थियो।

स्थानीय समयअनुसार साँझ ६ बजेपछि भूकम्पकाे महसुस गरिएको थियो। शक्तिशाली धक्कापछि हजारौँ मानिस घर तथा कार्यालयबाट बाहिर निस्किएका थिए।

अधिकारीहरूले मानवीय तथा भौतिक क्षतिको यकिन विवरण संकलन गर्ने काम जारी रहेको बताएका छन्। केही स्थानमा भवनहरू भत्किएको र पूर्वाधारमा क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

सुझावित समाचार