ज्ञवालीलाई बालेनको जवाफ–रास्वपाको गाडी ‘एक्सप्रेस वे’मा छ, गन्तव्य नपुगी ब्रेक लाग्दैन

आइतबार, ७ असार, २०८३
डिजिटल संस्करण

प्रधानमन्त्री एवं रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहले रास्वपाको गाडी राजमार्गमा दौडिरहेकाले गन्तव्यमा नपुगी ब्रेक नलाग्ने बताएका छन्। पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनमा सहभागी एमाले नेता प्रदीप ज्ञवालीले ब्रेक र एक्सिलेटरको ब्यालेन्स मिलाउन दिएको सुझावको जवाफमा बालेनले यस्तो बताएका हुन्। 

रास्वपा र सरकारप्रति चिन्ता लिएकोमा धन्यवाद भन्दै बालेनले भने, ‘हाम्रो गाडी लोकल रोडमा हिँडेको गाडी होइन, एक्सप्रेस वेमा हिँडेको गाडी हो। गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ। हाम्रो गाडी अनियन्त्रित पनि छैन।’

सुझावित समाचार