एनआइसी एसिया बैंकले पर्वत जिल्लास्थित देउपुर स्वास्थ्य चौकीलाई स्वास्थ्य उपकरण तथा सामग्री सहयोग गरेको छ । बैंकले मोदी गाउँपालिका– २ स्थित स्वास्थ्य चौकीलाई ह्विलचियर, डस्टबिन, फुट स्टेप, कुर्सी, स्युचर सेटलगायतका स्वास्थ्य उपकरण तथा अन्य आवश्यक सामग्री सहयोग गरेको हो ।
ती सहयोग सामग्री बैंकका चिफ मार्केटिङ अफिसर दीपेन्द्र शर्मा र पोखरा सर्कल हेड स्वेता शेरचनले मोदी– २ का वडा अध्यक्ष एवं स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कार्की क्षेत्री र स्वास्थ्य चौकी प्रमुख रूपेशकुमार कुशवाहलाई संयुक्त रूपमा हस्तान्तरण गरेका हुन् ।
स्वास्थ्य चौकीको सेवा प्रवाहलाई थप सहज, प्रभावकारी, गुणस्तरीय बनाउन सहयोग पुर्याउने उद्देश्यले बैंकले गरेको सहयोग हस्तान्तरण कार्यक्रममा बैंकका प्रतिनिधिहरू, स्वास्थ्य चौकीका कर्मचारी एवं स्थानीयको उपस्थिति रहेको थियो ।