सशस्त्र प्रहरीका १६ डिआइजीको सरुवा र पदस्थापन, पाँच बाहिनीका प्रमुख फेरिए

बिहिबार, २१ जेठ, २०८३
डिजिटल संस्करण

गृह मन्त्रालयले सशस्त्र प्रहरीका १४ जना डिआइजीको सरुवा तथा पदस्थापन गरेको छ। सातजनाको सरुवा गरी हालै बढुवा भएका सातजनाको पदस्थापन गरिएको छ। 

सरुवाअनुसार केही बाहिनीका प्रमुख फेरिएका छन्। 

डिआइजी विष्णुप्रसाद भट्टलाई मधेश प्रदेश, लुम्बिनीमा दीपक अधिकारी, सुर्खेतको बाहिनीमा कृष्णराज पाठक, मकवानपुर बाहिनीमा किरण बस्नेत तथा कैलाली बाहिनीमा दिग्विजय सुवेदीलाई जिम्मेवारी दिइएको छ। सुवेदी एसएसपीदेखि नै सो बाहिनीमा निमित्त प्रमुख भएर काम गर्दै आएका छन्। उपत्यकाको पशुपति बाहिनीमा माधव पौडेलको पदस्थापन भएको छ।  

दीपेन्द्र शाहलाई इन्टेलिजेन्स ब्युरो तथा राजेश उप्रेतीलाई स्टाफ कलेजको प्रमुखका रूपमा सरुवा तथा पदस्थापन गरिएको छ।  

सुझावित समाचार