वार्ता तोड्ने तेहरानको चेतावनीपछि ट्रम्पले गराएका थिए लेबनान युद्धविराम

बुधबार, २० जेठ, २०८३
डिजिटल संस्करण

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सोमबार बेरुतको दक्षिणी उपनगरमा आक्रमणको आदेश दिएकै दिन संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले हिजबुल्लाह र इजरायलले तनाव कम गर्ने सहमति जनाएको बताए ।

ट्रम्पको घोषणापछि सोमबार प्रधानमन्त्री नेतन्याहुको कार्यालयले वक्तव्य जारी गर्दै ‘यदि हिजबुल्लाहले इजरायली सहरमाथि आक्रमण जारी राखेमा बेरुतमा आक्रमण गर्ने’ बताए । तथापि, दक्षिणी लेबनानमा इजरायली सैन्य कारबाहीको ‘योजना’ भने जारी रहने इजरायलले संकेत गरेको छ । 

इजरायलले लेबनानभर आक्रमण गर्ने चेतावनी दिएपछि इरानले यसबाट अमेरिकासँगको वार्ता अन्त्य हुने चेतावनी दियो । तेहरानका प्रमुख वार्ताकार मोहम्मद बाघेर गालिबाफले इजरायलले लेबनानमा सैन्य अभियान जारी राख्यो भने आफूहरूको अमेरिकासँग चलिरहेको वार्ता रोकिने चेतावनी दिएका थिए । 

सुझावित समाचार