पार्टी एकताका लागि शेखरका पाँच प्रस्ताव

सोमबार, ११ जेठ, २०८३
डिजिटल संस्करण

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि पाँचबुँदे प्रस्ताव अघि सारेका छन्। कोइरालाले १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता अद्यावधिकलाई अनिवार्य नगर्ने प्रस्ताव गरेका छन्।

यसैगरी, १४औँ महाधिवेशनपछाडि नवीकरण गरिएका र वितरण गरिएका क्रियाशील सदस्यताकै आधारमा १५औँ महाधिवेशन गर्ने कोइरालाको प्रस्ताव छ।

१४औँ महाधिवेशनको केन्द्रीय कार्यसमिति र विशेष महाधिवेशनको केन्द्रीय कार्यसमितिलाई समायोजन गरेर एउटै बनाउने, सभापतिको बहुमत हुने गरी कार्यसम्पादन समिति गठन गर्ने तथा निर्वाचन, क्रियाशील छानबिन, अनुशासन, विधानलगायतका समितिहरू आपसी सहमतिबाट मात्रै बनाउन उनले प्रस्ताव गरेका छन्।

सुझावित समाचार