प्रधानमन्त्री संसदमा आउँछन्, नआउने कुरै छैन : सभापति लामिछाने

बिहिबार, ७ जेठ, २०८३
डिजिटल संस्करण
प्रधानमन्त्री संसदमा आउँछन्, नआउने कुरै छैन : सभापति लामिछाने

फाइल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाह संसदमा आउने बताएका छन्।

प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा संसद् परिसरमा पत्रकारहरूको प्रश्नको जवाफ दिँदै सभापति लामिछानेले यस्तो प्रतिक्रिया दिएका हुन्। ‘आउनुहुन्छ। नआउने भन्ने कुरै छैन। आएपछि तपाईंहरूले थाहा पाउनुहुन्छ,’ उनले भने।

केही प्रक्रिया विस्तारै हुने उल्लेख गर्दै उनले प्रधानमन्त्री संसदमा नआउँदा आफूलाई दबाब नपरेको प्रस्ट पारे। उनले भने, ‘सरकारले यो काम खराब गर्यो, यो काम भएन भन्ने प्रश्नहरू आए भने त्यो मेरा लागि दबाबको विषय हुन्छ। सरकारले काम गरिरहेको छ। कामको रिजल्ट आउँदै छ।’

सरकार काममा केन्द्रित रहेको उल्लेख गर्दै सभापति लामिछानेले सत्तापक्षलाई दिइरहेको समय विपक्षी दललाई दिन सञ्चारमाध्यमलाई आग्रह गरे।

सुझावित समाचार