दुर्गा प्रसाईंको पक्राउबारे सर्वोच्चले सरकारसँग जवाफ माग्यो

बुधबार, ६ जेठ, २०८३
डिजिटल संस्करण

सर्वोच्च अदालतले व्यवसायी दुर्गा प्रसाईंको पक्राउबारे सरकारसँग लिखित जवाफ मागेको छ। प्रसाईंको तर्फबाट अधिवक्ता आशिष लुईँटेलले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा न्यायाधीश महेश शर्मा पौडेलको इजलासले बुधबार सरकारसँग जवाफ मागेको हो।

सर्वोच्चले ‘आदेश जारी हुनुनपर्ने भए सोको आधार र कारणसहित बाटोको म्यादबाहेक सूचना म्याद पाएका मितिले २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्नु’ भनेको छ।

सुझावित समाचार