सुनको मूल्य तोलामा चार हजार पाँच सय रुपैयाँले घट्यो

आइतबार, ३ जेठ, २०८३
डिजिटल संस्करण

नेपाली सुनचाँदी बजारमा आइतबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला चार हजार पाँच सय रुपैयाँले घटेको हो।

यससँगै आइतबार छापावाल सुन प्रतितोला दुई लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार उक्त सुन प्रतितोला दुई लाख ९८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आइतबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ३३० रुपैयाँले घटेर पाँच हजार ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

सुझावित समाचार