अछामका १३ वर्षीय बालक सुर्खेतबाट बेपत्ता

शुक्रबार, १ जेठ, २०८३
डिजिटल संस्करण

अछामको ढकारी गाउँपालिका– ७, रुजका १३ वर्षीय कृष्णबहादुर थापा सुर्खेतबाट बेपत्ता भएका छन्। पढाइको सिलसिलामा सुर्खेतको चौकुने गाउँपालिका– ७, जौँलामूलस्थित मामाको घरमा बस्दै आएका कृष्ण गत वैशाख २९ गते हराएका हुन्।

चौकुने गाउँपालिका– ६ स्थित जीवनज्योति मावि कक्षा नाैमा अध्ययनरत बालक घरबाट विद्यालय गएर नफर्किएपछि त्यही दिनदेखि खोजतलास गर्दा पनि अझै फेला नपरेको कृष्णकी आमा मनसरादेवी थापाले बताइन्।

बिहान घरबाट विद्यालय पोसाकमा हिँडेदेखि उनी सम्पर्कमा नआएको र खोजीका लागि प्रहरीमा खबर गर्दासमेत उनको अवस्था पत्ता नलागेको आफन्तले बताएका छन्।

गहुँगोरो वर्णका कृष्ण विद्यालय पोसाकमै सम्पर्कविहीन भएकाले कसैले भेटेमा नजिकैको प्रहरी कार्यालय वा ९८४९४४७७१८ र ९७६९४३०३९३ मा सम्पर्क गरिदिन उनका बुबा कर्णबहादुर थापाले अनुरोध गरेका छन्।

सुझावित समाचार