अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्ध ‘चाँडै समाप्त’ हुने भविष्यवाणी गर्दै आममानिसले आफूले इरानको आणविक महत्वाकांक्षा समाप्त गर्न लागेको कुरा ‘बुझेको’ बताएका छन् ।
इरानले युद्ध समाप्त गर्ने सम्बन्धमा अमेरिकाले पठाएको प्रस्ताव ‘अझै विचार गरिरहेको’ टिप्प्णी गरेकै समयमा ट्रम्पको यस्तो भनाइ आएको हो । अमेरिकी मिडिया ‘एक्सियोस’का अनुसार ह्वाइट हाउसले इरानको १४ बुँदे समझदारीपत्रनजिक पुग्न लागेको विश्वास गरेको छ ।
त्यसो भएमा थप विस्तृत आणविक वार्ताका लागि रूपरेखा तय हुन सक्छ । इरानको विदेश मन्त्रालयका प्रवक्ताले भने तेहरानले पाकिस्तानी मध्यस्थकर्तासँग अमेरिकी प्रस्तावबारे छलफल गरिरहेको बताए ।