धेरैले भन्छन् काठमाडौं क्रंक्रिटको सहर हो । तर, वसन्त ऋतुको आगमनसँगै पलाएका पालुवाले उपत्यकालाई हरियालीभित्रको सहर बनाइदिएको छ । त्यसमाथि सहरका बिचबिचमा ढकमक्क फुलेका ज्याकारान्डाको वैजनी रङले सहरको रंग फेरिदिएको छ । सेतो बादलको बर्को ओढेर सहरलाई शीतलता दिइरहेकाे बिरुवाका थुम्का हेर्दा कसको मन नलोभ्याउला ? नयाँ पत्रिकाकर्मी अमुल थापाको ड्रोनले खिचेका काठमाडौं उपत्यकाकाे केही तस्बिर :










