राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गते दिउँसो २ बजेलाई संघीय संसद्को अधिवेशन आह्वान गरेका छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले दुवै सदनको अधिवेशन आह्वान गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ।
यसअघि वैशाख १७ गतेलाई आह्वान भएको संसद् अधिवेशन सरकारकै सिफारिसमा राष्ट्रपतिले स्थगित गरेका थिए।
