आज नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन हुँदै छ । साधारणसभाले आज नयाँ कार्यसमितिसमेत छनोट गर्नेछ । साधारणसभाबाट हालका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ स्वतः अध्यक्ष हुँदै छन् ।
अन्य पदाधिकारी तथा सदस्य पदका लागि भने मंगलबार कमलादीस्थित प्रज्ञा भवनमा चुनाव हुँदै छ । चुनावमा स्पष्ट प्यानलसहित दुई पक्ष प्रतिस्पर्धामा उत्रिएका छन् ।
महासंघको निर्वाचनमा ७३ पदका लागि एक सय ३७ उम्मेदवार उत्रिएका छन् । वरिष्ठ उपाध्यक्षका आकांक्षीद्वय हेमराज ढकाल र सुरकृष्ण वैद्य प्यानलसहित चुनावमा होमिएका छन् । ढकाल प्यानललाई वर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकाल र वैद्य प्यानललाई आगामी अध्यक्ष अन्जन श्रेष्ठको समर्थन रहेको देखिन्छ ।