इतिहासमा आज

बुधबार, १६ बैशाख, २०८३
डिजिटल संस्करण

सन् १९७५ : कम्युनिस्ट फौज दक्षिण भियतनामको राधजानी साइगनवरपर जम्मा भएपछि अमेरिकी सेनाले त्यहाँको आफ्नो दूतावासबाट झन्डै सात हजार अमेरिकी तथा अमेरिकाका लागि काम गरेका भियतनामी नागरिकको विशाल उद्धार अभियान सुरु गर्यो । भोलिपल्ट सहर पूर्ण रूपमा कम्युनिस्टले कब्जामा लिए ।

सन् १६३९ : मुगल सम्राट् शाहजहाँले शाहजहाँवाद (अहिलेको पुरानो दिल्ली)मा राजधानी स्थापना गरे । यसै दिन लालकिल्लाको जग राखिएको थियो ।

सन् १७६९ : स्कटिस इन्जिनियर जेम्स वाट्ले अलग कन्डेन्सर भएको वाष्प इन्जिनका लागि प्याटेन्ट दायर गरे ।

सन् १९४५ : आत्महत्या गर्नुभन्दा एक दिनअघि एडोल्फ हिटलर र इभा ब्राउनले विवाह गरे । विवाह नगरी सँगसँगै बसिरहेका यो जोडीले सबैतिरबाट मित्रशक्तिले घेरेको समाचार पाएपछि विवाह गरेका थिए । विवाहपछि दुईजनाले पक्राउ पर्ने डरले आत्महत्या गरे ।

सन् १९४५ : सबैतर्फबाट घेरिएपछि इटलीमा रहेका जर्मन सेनाले मित्रशक्तिसामु विनासर्त आत्मसमर्पण गर्यो ।

सन् १९९१ : बंगलादेशमा आएको विनाशकारी आँधीका कारण करिब एक लाख ४० हजारजनाको मृत्यु । आँधीका कारण लाखौँ विस्थापित भएका थिए ।

सन् १९९२ : लस एन्जलसमा घातक दंगा भड्कियो । सामान्य आरोपमा पक्राउ परेका अश्वेत नागरिक रोडनी किङलाई निर्मम कुटपिट गरेर मारेको आरोप लागेका प्रहरी अधिकारीलाई अदालतले सफाइ दिएपछि सुरु भएको दंगामा ५३ जनाको मृत्यु भएको थियो ।

सन् १९९७ : रासायनिक हतियार महासन्धि कार्यान्वयनमा आयो । हतियार नियन्त्रण सन्धिले रासायनिक हतियारको उत्पादन, भण्डारण र प्रयोगलाई निषेध गरेको छ । यसलाई हालसम्म करिब १९० देशले अनुमोदन गरिसकेका छन् ।

सुझावित समाचार