धादिङका दुई उम्मेदवारले अझै बुझाएनन् निर्वाचन खर्च

बिहिबार, १० बैशाख, २०८३
डिजिटल संस्करण

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा धादिङमा उम्मेदवार बनेका ४७ जनामध्ये दुईजनाले अझै निर्वाचन खर्च बुझाएका छैनन्। जिल्लाको दुईवटै निर्वाचन क्षेत्रबाट विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी ४७ जना उम्मेदवार बनेका थिए ।

जिल्ला निर्वाचन कार्यालय धादिङका अनुसार निर्वाचनमा ४७ जनाले उम्मेदवारी दर्ता गराएकोमा हालसम्म ४५ जनाले मात्र खर्च विवरण बुझाएका छन्। निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र सबै उम्मेदवारले खर्च विवरण बुझाउनुपर्ने प्रावधान छ । तर, निर्वाचन क्षेत्र नम्बर १ मा प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवारी दिएका राजनप्रसाद रेग्मी र स्वतन्त्र उम्मेदवार निरञ्जन संजेलले अझै निर्वाचन खर्च बुझाएका छैनन् ।

धादिङको क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का आशिका तामाङ र क्षेत्र नम्बर २ बाट रास्वपाकै बोधनारायण श्रेष्ठ निर्वाचित भएका थिए । 
 

सुझावित समाचार