इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले गर्मी मौसमलाई लक्षित गर्दै डेजर्ट कुलर श्रेणीअन्तर्गत ‘फ्रोस्टलाइन’ सार्वजनिक गरेको छ । कम्पनीको नयाँ वार्षिक अभियान ‘एक्स्पिरियन्स लाइफ विथ सिजी’अन्तर्गत ल्याइएको यस नयाँ रेन्जले उपभोक्तालाई प्रभावकारी चिसोपन र सहज जीवनशैली प्रदान गर्ने लक्ष्य राखेको जनाइएको छ ।
बढ्दो माग र आधुनिक घरको आवश्यकतालाई ध्यानमा राखी डेजर्ट कुलर पोर्टफोलियोमा फ्रोस्टलाइन रेन्च थपेको जनाएको छ । यसमा ११० लिटर र ९५ लिटर क्षमताका ठुला ट्यांकी भएका मोडेल समावेश छन्, जसले बारम्बार पानी भर्ने झन्झट कम गर्छ । त्यस्तै, ७५ लिटर र ५५ लिटर क्षमताका मोडेल साना तथा मध्यम कोठाका लागि उपयुक्त हुने र यसले बिजुली पनि कम खपत गर्ने कम्पनीको भनाइ छ ।
नयाँ सिरिजमा डबल बल बेरिङ मोटर, आइस च्याम्बर, एड्भान्स्ड हनिकम्ब प्याड तथा शक्तिशाली एयर थ्रोजस्ता प्रविधि समावेश गरिएको कम्पनीले जनाएको छ । यी सुविधाले लामो समयसम्म टिकाउ, शान्त र प्रभावकारी कुलिङ सुनिश्चित गर्ने अपेक्षा गरिएको छ ।