नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ग्रान्डी इन्टरनेसनल हस्पिटलबिच मेडिकल सेवामा छुट दिनेबारे सम्झौता गरिएको छ । कम्पनीले आफ्ना प्रस्तावकलाई आवश्यक पर्ने मेडिकल रिपोर्ट तथा कर्मचारीलाई सहुलियत दरमा स्वास्थोपचार सेवा उपलव्ध गराउने गरी सम्झौता गरेको हो ।
सम्झौतापत्रमा कम्पनीका सिइओ सुरेशप्रसाद खत्री र ग्रान्डीका मेडिकल डाइरेक्टर डा. विनोद बिजुक्छे तथा चिफ अपरेटिङ अफिसर अमृत खन्नालगायतको उपस्थिति थियो । कम्पनीको बिमालेख खरिद गर्न चाहने प्रस्तावकले मेडिकल जाँच सहुलियत दरमा गर्न पाउनेछन् । साथै, कम्पनीका कर्मचारीलाई १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौतापत्रमा उल्लेख छ ।