कर्णाली प्रदेश सभाको निमित्त सचिवमा कार्की

बुधबार, ९ बैशाख, २०८३
डिजिटल संस्करण

कर्णाली प्रदेश सभाको रिक्त सचिव पदमा वरिष्ठ उपसचिव नेत्रबहादुर कार्कीलाई जिम्मेवारी तोकिएको छ। सभामुख नन्दा गुरुङले अर्को व्यवस्था नभएसम्मका लागि प्रदेश सभा सचिवालयका अधिकृतस्तर दशौँका कार्कीलाई सो जिम्मेवारी सुम्पिएकी हुन्।

प्रदेश सभामा सचिव पद रिक्त रहेकाले कामकाजमा सहजता ल्याउन कर्णाली प्रदेश सभा नियमावली, २०७९ को नियम २१५ बमोजिम सचिवले गर्ने कार्यहरू गर्ने गरी कार्कीलाई जिम्मेवारी दिइएको सभामुख गुरुङको सचिवालयले जनाएको छ।

यसअघि प्रदेश सभा सचिव रहेका जीवराज बुढाथोकीको उमेर हद पूरा भएसँगै राजीनामा दिएका थिए।

सुझावित समाचार