स्थानीय बजारमा आइतबार सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन सुनको मूल्य प्रतितोला एक हजार दुई सय रुपैयाँले बढेको हो।
आज छापावाल सुन प्रतितोला तीन लाख एक हजार रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ९५ रुपैयाँले बढ्दै पाँच हजार २२५ रुपैयाँ पुगेको छ।
यसअघि शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ९९ हजार आठ सय रुपैयाँ र चाँदी प्रतितोला पाँच हजार १३० रुपैयाँमा कारोबार भएको थियो।