शनिबार १० बजेसम्मका प्रमुख १० खबर

शनिबार, ५ बैशाख, २०८३
डिजिटल संस्करण

ब्रोइलर कुखुराको मासु खाएका दुई बालकको मृत्यु

कैलालीको चुरे गाउँपालिकामा ब्रोइलर कुखुराको मासु खाएका दुई सहोदर दाजुभाइको मृत्यु भएको छ। दुईजना बिरामी भएका छन्। चुरे–३ को भक्तपुर बस्ने पाँचवर्षीय दीपक ताम्राकार र ८ वर्षीय भीम ताम्राकारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

खुला व्यायामशालाको संरचना भाँचियो, तर मर्मतका लागि पालिकाले देखाएन चासो

बर्दियाको राजापुर नगरपालिका रहेको खुला व्यायामशालाको संरचना भाच्चिँदा पालिकाले मर्मतका लागि चासो देखाएको छैन। राजापुर नगरपालिका- ४, महेन्द्रपार्कमा रहेको  खुला व्यायामशालाको संरचना भाच्चिँदा पालिकाले मर्मतका लागि चासो देखाएको छैन। 

बोतल र जारको पानीको मूल्य ४० प्रतिशतसम्म वृद्धि

पेट्रोलियम पदार्थको अत्यधिक मूल्यवृद्धिका कारण ढुवानी लागत बढेको भन्दै जार र बोतलको पानीकाे मूल्य बढेको छ । नेपाल पानी उद्योग महासंघले शनिबार विज्ञप्ती जारी गर्दै बोतल, क्याप, र्यापिङ रोल, जार र जारको क्याप लगायतका सामग्रीको मूल्यमा करिब ४० प्रतिशतसम्म वृद्धि भएको जनाएको छ । 

रास्वपाको सचिवालय बैठक आइतबार, ६ एजेन्डामा छलफल हुने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक आह्वान गरेको छ। पार्टी सभापति रवि लामिछानेले आइतबार दिउँसो साढे ३ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्ने गरी बोलाएको जानकारी प्रवक्ता मनीष झाले दिएका छन्।

अस्पतालबाट डिस्चार्ज भए ओली

पूर्वप्रधानमन्त्री एव‌ं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन्।  ओली २१ दिनको उपचारपछि आज अस्पतालबाट डिस्चार्ज भएका हुन्।

गत चैत १४ गते पक्राउ परेपछि स्वास्थ्य समस्या देखिएसँगै उनलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालमा रहँदा उनको पत्थरीसम्बन्धी शल्यक्रिया गरिएको थियो।

बिजुलीको पोल स्थानान्तरण नहुँदा कालोपत्रे सडक निर्माणको काम प्रभावित

सडकको बिचमा रहेको बिजुलीको पोल समयमा स्थानान्तरण नहुँदा गेरुवा गाउँपालिका बन्ने लागेको कालोपत्रे सडक निर्माणको काम प्रभावित भएको छ । सडकको बीचमा रहेको बिजुलीको पोल समयमा स्थानान्तरण नहुँदा गेरुवा गाउँपालिका, ४ सतमोहरीको बन्न कालोपत्रे सडक निर्माणको काम प्रभावित भएको हो । 

झन्डै तीन करोडमा निर्माण भएको उदयपुरको कोभिड अस्पताल अलपत्र

कोभिड–१९ महामारीका कठिन समयमा उदयपुरका सयौँ नागरिकको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेलेको चौदण्डीगढी नगरपालिका–६ साताधारेस्थित कोभिड अस्पताल अहिले प्रयोगविहीन बन्दै गएको छ । पर्याप्त पूर्वाधार, उपकरण र संरचना हुँदाहुँदै पनि सञ्चालन अभावका कारण अस्पताल लथालिंग अवस्थामा पुगेको हो । 

‘नो भेहिकल’ असन (फाेटाेफिचर)

काठमाडौंको प्राचीन सहरी बस्ती असनको मौलिकता पुनर्स्थापना गराउन हरेक शनिबार सवारीसाधन निषेध गरेर जीवन्त र समृद्ध (असं) असन कार्यक्रम सञ्चालन भएको छ । ‘जीवन्त र समृद्ध (असं) असन’ नारासहित असन क्षेत्रमा सामाजिक, सांस्कृतिक तथा परम्परागत गतिविधि भएका छन् । 

ओलीलाई प्रचण्डले भेटेपछि विष्णु पौडेलले खण्डन गर्दै भने –असान्दर्भिक वाम एकताको हल्ला कसले चलाउँदै छ ?

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नेकपाका अध्यक्ष पुष्पकमल दाहालले भेटेलगत्तै वाम एकताको हल्ला फैलिएपछि एमाले उपाध्यक्ष विष्णु पौडेलले खन्डन गरेका छन् । शिक्षण अस्पतालमा उपचाररत ओलीलाई दाहालले विहिवार भेटवार्ता गरेका थिए । त्यसलगत्तै एकताको हल्ला फैलिएपछि पौडेलले त्यसप्रती नै गम्भीर प्रश्न उठाएर खण्डन गरेका छन् ।

जलेश्वरमा हावाहुरीले रुख टेम्पोमाथि खस्दा दुईजनाको मृत्यु

महोत्तरीको जलेश्वरमा आएको हावाहुरीका कारण रुख टेम्पुमाथि ढल्दा दुईजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्।

शनिबार साँझ जलेश्वर नगरपालिका–९ प्रकौलीस्थित जलेश्वर–जनकपुर सडकखण्डमा जलेश्वरबाट जनकपुरतर्फ जाँदै गरेको ज१घ ४८५० नम्बरको टेम्पुमाथि मसला (मसालाको) रुख ढल्दा दुर्घटना भएको हो। रुखले किचिँदा टेम्पुमा सवार दुई यात्रुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

सुझावित समाचार