ओलीलाई प्रचण्डले भेटेपछि विष्णु पौडेलले खण्डन गर्दै भने –असान्दर्भिक वाम एकताको हल्ला कसले चलाउँदै छ ?

शनिबार, ५ बैशाख, २०८३
डिजिटल संस्करण

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नेकपाका अध्यक्ष पुष्पकमल दाहालले भेटेलगत्तै वाम एकताको हल्ला फैलिएपछि एमाले उपाध्यक्ष विष्णु पौडेलले खन्डन गरेका छन् । शिक्षण अस्पतालमा उपचाररत ओलीलाई दाहालले विहिवार भेटवार्ता गरेका थिए । त्यसलगत्तै एकताको हल्ला फैलिएपछि पौडेलले त्यसप्रती नै गम्भीर प्रश्न उठाएर खण्डन गरेका छन् ।

उनले पार्टी पुनर्गठनबाट ध्यान मोड्न हल्ला फिजाइएको हुन सक्नेप्रती पार्टी पङ्तिलाई सजग बन्नसमेत आग्रह गरेका छ्न् । प्रचण्डले नै ओलीसँगको परामर्शमा हल्ला फिजाएकोप्रती स‌‌केत गर्दै पौडेलले सामाजिक संजालमार्फत असन्तुष्टि जनाएका छन् ।

सामाजिक संजालमा पौडेलले लेखेका छन् : नेकपा (एमाले) का लागि निर्वाचनमा भएको चिन्ताजनक पराजयको गभीर समिक्षा र पार्टीको पुनर्गठन आजको प्राथमिक कार्यसूची हो । 

यस् यथार्थबाट अन्यत्र ध्यान मोड्ने गरी पर्दा भित्रबाट वामपन्थी एकताको असान्दर्भिक चर्चा कस्ले, किन चलाइरहेका हुन् ?
 

सुझावित समाचार