ललितपुर महानगरलाई ११ थान फोटोन गाडी हस्तान्तरण

शुक्रबार, ४ बैशाख, २०८३
डिजिटल संस्करण

नेपालमा फोटोन मोटरको आधिकारिक वितरक एमएडब्लू वृद्धिले ११ थान फोटोन टिएम–१ गाडी ललितपुर महानगरपालिकालाई हस्तान्तरण गरेको छ । कम्पनीले कस्टमाइज गरिएका फोटोन टिएम विद्युतीय फोहोर संकलन गर्ने गाडी हस्तान्तरण गरेको हो । यससँगै व्यावसायिक इभीले सडक र ढुवानीका अलावा अन्य क्षेत्रमा पनि योगदान दिन सक्ने बताइएको छ । 

कम्पनीका अनुसार, उपलब्ध गराइएका ११ थान गाडी बजारमा सजिलै पाइने गाडी होइनन् । यी प्रत्येक गाडी फोहोर संकलन गर्ने प्रयोजनका लागि विशेष रूपमा तयार गरिएका छन् । यसले नेपालभरि संस्थागत आवश्यकताअनुसार फोटोनका व्यावसायिक इभी सोलुसन्स विकास गर्ने एमएडब्लू वृद्धिको बढ्दो दक्षतालाई पनि प्रतिबिम्बित गर्ने जनाइएको छ । 

महानगरका मेयर चिरिबाबु महर्जनले भने, ‘हामी फोहोर संकलनका लागि पेट्रोल, डिजेल प्रयोग नहुने विद्युतीय गाडी खोजिरहेका थियौँ । फोटोनले हाम्रो त्यो चिन्ताको बलियो समाधान गरिदिएको छ ।’

कम्पनीका सिइओ अनिल बरालले पहिलोपटक इभीमा आधारित फोहोर व्यवस्थापनको अवधारणा सुन्दा आफूहरू प्रभावित भएको बताए । ‘र, आज यही कुरा व्यवहारमा देख्न पाउँदा अत्यन्त खुसी लागेको छ,’ उनले भने । एमएडब्लू वृद्धिले देशभर १४ भन्दा बढी बिक्री तथा सेवा केन्द्र र १७१ भन्दा बढी फास्ट चार्जिङ स्टेसन सञ्चालन गरेको छ । 
 

See More On

सुझावित समाचार