यामाहाको ब्ल्यू फेस्टमा एफजेड एफआई न्यु जेन बाइक सार्वजनिक

सोमबार, ३० चैत, २०८२
डिजिटल संस्करण

यामाहा नेपालको ‘यामाहा ब्ल्यू फेस्ट’ सम्पन्न गरेको छ । कम्पनीले आधिकारिक वितरक एमएडब्ल्यू ग्रुपमार्फत कार्यक्रम गरेको हो । कार्यक्रममा ग्राहक, डिलर तथा मोटरसाइकलप्रेमीलाई एकै ठाउँमा ल्याउँदै आकर्षक ब्रान्ड अनुभव प्रदान गरिएको थियो । त्यस्तै, अन्तक्र्रिया, इनोभेसन र उत्साहमार्फत यामाहा र राइडरबिच अर्थपूर्ण सम्बन्ध निर्माण गर्ने गरी डिजाइन गरिएको बताइएको छ । 

ब्ल्यू फेस्टको उद्घाटन एमएडब्ल्यू ग्रुपका अध्यक्ष विष्णुकुमार अग्रवाल तथा ब्रान्ड एम्बासडर अनुपविक्रम शाहीले संयुक्त रूपमा गरेका हुन् । कार्यक्रमको मुख्य आकर्षण ‘लिड द नेक्स्ट’ थिमअन्तर्गत यामाहा एफजेड एफआई न्यु जेन बाइक थियो । अध्यक्ष अग्रवालले उक्त मोडेल सार्वजनिक गर्दै नेपालमा लोकप्रिय एफजेड सिरिजको नयाँ अध्यायको सुरुवात भएको बताए । 

‘हामी ग्राहकलाई उन्नत प्रविधि र उच्च मूल्य प्रदान गर्न केन्द्रित छौँ,’ अग्रवालले भने, ‘यामाहा मोटरसाइकल प्रदर्शन, स्टाइल र उत्साह प्रदान गर्ने गरी बनाइएका हुन्छन् । यसमध्ये एफजेड सिरिज नेपाली राइडरको सबैभन्दा विश्वासिलो रोजाइ बन्दै आएको छ ।’

एफजेड सिरिज लामो समयदेखि कम्प्युटर सेग्मेन्टमा लोकप्रिय रहँदै आएको कम्पनीको भनाइ छ । न्यु जेनले थप सुधारिएका फिचर र नयाँ डिजाइनसहित सो यात्रालाई निरन्तरता दिएको छ । नयाँ यामाहा हरेक दिन प्रयोगमा आत्मविश्वास, स्टाइल र स्मार्ट प्रविधि खोज्ने नयाँ पुस्ताका राइडरलाई लक्षित गरी तयार गरिएको कम्पनीले जनाएको छ । यो मोडेल स्टाइल, प्रविधि र प्रदर्शनको संयोजन खोज्ने आजका राइडरका लागि तयार गरिएको बताइएको । यस मोडेलमार्फत कम्पनीले अझ स्मार्ट, सुरक्षित र रोमाञ्चक राइडिङ अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ । 

See More On

सुझावित समाचार