सन् १८६१ : संयुक्त राज्य अमेरिकाबाट छुट्टिएको कन्फेडेरेट स्टेट अफ अमेरिकाको फौजले साउथ क्यारोलिनास्थित फोर्ट सम्टरमा आक्रमण गरेसँगै अमेरिकी गृहयुद्ध सुरु भयो ।
सन् १९२७ : कोमिन्ताङ नेता तथा चीनका तत्कालीन राष्ट्रपति च्याङ काई सेकले देशका कम्युनिस्ट समूहमाथि हिंसात्मक अभियान सुरु गरे ।
सन् १९४५ : अमेरिकाको इतिहासमा सबैभन्दा लामो समय राष्ट्रपति रहेका फ्रांकलिन डी रुजबेल्टको पदमै हुँदा मृत्यु भयो । रुजबेल्टका उपराष्ट्रपति ह्यारी ट्रुम्यान देशका नयाँ (३३औँ) राष्ट्रपति बने ।
सन् १९४६ : सिरियाले फ्रान्सको औपनिवेशिक शासनबाट स्वतन्त्र भयो ।
सन् १९५५ : जोनास साल्कले परीक्षण गरेको पोलियो खोप पूर्ण रूपमा सुरक्षित भएको घोषणा भएसँगै ‘युएस फुड एन्ड ड्रग्स एडमिनिस्ट्रेसन’ले यसलाई आमप्रयोगका लागि स्वीकृति दियो ।
सन् १९६१ : सोभियत अन्तरिक्षयात्री युरी गागरिन अन्तरिक्ष पुग्ने पहिलो व्यक्ति बने । उनी भोस्तोक प्रथममा अन्तरिक्ष गएका थिए ।
सन् १९८० ः क्यान्सरका कारण एउटा खुट्टा गुमाएका क्यानडेली नागरिक टेरी फक्सले क्यान्सरबारे जनचेतना फैलाउन ‘म्याराथन अफ होप’ सुरु गरे ।
सन् २००२ : ह्युगो चाभेजविरुद्ध भएको छोटो सैन्य कुका क्रममा पेड्रो कारमोना देशका अन्तरिम राष्ट्रपति बने ।
सन् २०२२ : बेलायती प्रधानमन्त्री बोरिस जोनसनले कोभिड–१९ को लकडाउनका क्रममा पार्टीमा सहभागी भएको घटनाका लागि माफी माग्दै जरिवाना तिरे । उनी कानुन तोडेबापत सजाय पाउने पहिलो ब्रिटिस प्रधानमन्त्री हुन् ।
सन् २०२३ : घाना अक्सफोर्ड विश्वविद्यालयले बनाएको मलेरियाको नयाँ खोप मोस्क्विरिक्स–आरटिएसलाई स्वीकृति दिने पहिलो देश बन्यो ।