नेप्से ४८ अंकले बढ्यो, आठ कम्पनीमा सकारात्मक सर्किट

बिहिबार, २६ चैत, २०८२
डिजिटल संस्करण

बिहीबार नेप्से परिसूचक ४८.७१ अंकले बढेर दुई हजार ८५१.२४ विन्दुमा कायम भएको छ। बुधबार १.६३ प्रतिशत (४५ अंक)ले उकालो लागेको नेप्से आज १.७३ प्रतिशतले वृद्धि भएको हो।

आज ३३८ कम्पनीका दुई करोड ७९ लाख ३१ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा नौ अर्ब ९१ करोड ९२ लाख १० हजार रुपैयाँबराबरको कारोबार भएको छ। अघिल्लो दिन आठ अर्ब १५ करोड रुपैयाँबराबरको सेयर किनबेच भएको थियो।

आज नेप्सेका १३ वटै समूहको सूचकमा पनि हरियाली छाएको छ। अन्य समूह सर्वाधिक ४.४२ प्रतिशतले वृद्धि हुँदा उत्पादन तथा प्रशोधन, जलविद्युत्, होटेल तथा पर्यटनको वृद्धिदर दुई प्रतिशतभन्दा धेरै छ।

बढेको बजारमा आठ कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ। आत्मनिर्भर लघुवित्त, रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रोपावर, रिद्गे लाइन इनर्जी, सोलु हाइड्रो र होटेल फरेस्ट इनका लगानीकर्ताले १० प्रतिशत आर्जन गरेका हुन्। यसैगरी, सुपर खुदी हाइड्रो, सूर्यकुण्ड हाइड्रो ९.९९ प्रतिशतले बढेका छन्।

सबैभन्दा धेरै गुमाउनेमा एनआइसि एसिया ब्यालेन्स्ड फन्डका लगानीकर्ता छन्। उक्त धितोपत्र ६.७४  प्रतिशतले घट्दा श्वेत गंगाको सेयर मूल्य २.५५ प्रतिशतले ओरालो लागेको छ।

सुझावित समाचार