सन् १९६३ : अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले ब्रिटिस प्रधानमन्त्री विस्टन चर्चिललाई अमेरिकाको पहिलो सम्मानार्थ नागरिक घोषित गरे ।
सन् १७८३ : दोस्रो अंग्रेज–मैसुर युद्ध (१७८०–१७८४)का क्रममा टिपु सुल्तान नेतृत्वको फौजले ब्रिटिस फौजलाई सफलतापूर्वक बेदनोर (आजको नगारा)बाट भगायो ।
सन् १७८४ : बेलायतले अमेरिकी स्वतन्त्रता संग्राम अन्त्य गर्ने सम्बन्धमा अघिल्लो वर्ष सेप्टेम्बर ३ मा हस्ताक्षर भएको ‘पेरिस सन्धि’ अनुमोदन गर्यो ।
सन् १८६५ : अमेरिकी गृहयुद्धका क्रममा ‘कन्फेडरट स्टेट अफ अमेरिका’का जनरल रोबर्ट इली र उनका २६ हजारभन्दा बढी फौजले ‘युनाइटेड स्टेट अफ अमेरिका’का सेना सामु आत्मसमर्पण गर्यो । यसलाई अमेरिकी गृहयुद्ध अन्त्यतर्फको निर्णायक घटना मानिन्छ ।
सन् १८६६ : तत्कालीन अमेरिकी राष्ट्रपति एन्ड्रयु जोनसनको भिटोलाई उल्ट्याउँदै अमेरिकी कंग्रेस (संसद्)मा ‘सिभिल राइट्स बिल’ पारित भयो । यसले अमेरिकामा जन्मिएका जुनसुकै नश्लका मानिस पनि अमेरिकी नागरिक हुने घोषणा गरेको छ ।
सन् १९१४ : विश्वको पहिलो रंगीन कथानक फिल्म ‘वर्ल्ड : द फ्लेस एन्ड द डेभिड’को प्रदर्शन लन्डनमा सुरु भयो ।
सन् १९२८ : टर्कीमा धर्म र राज्यलाई अलग गर्ने कानुन पारित भयो । त्यस कानुनले सो मुस्लिम देशमा धर्मनिरपेक्षताको जग बसाएको मानिन्छ ।
सन् १९६८ : अमेरिकी अश्वेत अधिकारका अभियन्ता मार्टिन लुथर जुनियरको हत्याको पाँच दिनपछि जर्जिया राज्यको एट्लान्टामा अन्तिम संस्कार सम्पन्न भयो ।
सन् १९९१ : जर्जियाले सोभियत संघबाट अलग हुने घोषणा गर्यो ।
सन् १९९९ : निजेरका राष्ट्रपति इब्राहिम बार माइनासारा उनकै सुरक्षा दलका सदस्यबाट मारिए ।
सन् २००३ : इराक युद्धका क्रममा अमेरिकी सेनाले बग्दाद कब्जामा लियो । यसपछि सहरमा तैनाथ सम्पूर्ण सुरक्षाबल भाग्दा त्यहाँ ठुलो लुटपाट मच्चिएको थियो ।
सन् २०२४ : स्विट्जरल्यान्डको एक महिला समूहले दायर गरेको मुद्दामा फैसला गर्दै युरोपेली अदालतले ‘सरकारको कमजोर जलवायु नीतिले आधारभूत मानव अधिकार उल्लंघन हुने’ ऐतिहासिक निर्णय सुनायो ।