जेन–जी आन्दोलनपछि बागमती प्रदेश सभा बैठक आज बस्दै

मंगलबार, २४ चैत, २०८२
डिजिटल संस्करण

जेन–जी आन्दोलनका क्रममा प्रदेश सभा भवनमा क्षति पुगेपछि लामो समयदेखि अवरुद्ध बागमती प्रदेश सभा बैठक मंगलबारदेखि पुनः सञ्चालन हुने भएको छ । हेटौँडा उपमहानगरपालिकापरिसरमा निर्माण गरिएको मुख्यमन्त्री सभाहलमा मंगलबार दिउँसो ४ बजे प्रदेश सभा बैठक बस्ने तय भएको हो ।

जेन–जी आन्दोलनका क्रममा प्रदेश सभा सचिवालयसहित सभाहल र प्रदेश सरकारका अन्य संरचना जलेपछि प्रदेश सभा बैठक प्रभावित भएको थियो । २७ साउनयता प्रदेश सभा बैठक त्यसयता बस्न सकेको थिएन ।

उपसभामुख अप्सरा चापागाईंका अनुसार क्षति पुगेको भवनको सामान्य मर्मत गरेर अस्थायी रूपमा बैठक सञ्चालन गर्न लागिएको हो । हाल सभामुख पद रिक्त रहेको अवस्थामा सभा सञ्चालन तथा सचिवालय व्यवस्थापनको जिम्मेवारी उपसभामुख चापागाईंको काँधमा छ ।

जेन–जी आन्दोलनपछि तत्कालीन सभामुख भुवनकुमार पाठकले पदबाट राजीनामा दिएका थिए । उनले १ असोजमा लिखित राजीनामा दिए पनि ४ मंसिरमा अधिवेशन अन्त्य भएपछि मात्र राजीनामा सार्वजनिक गरिएको थियो । 

सुझावित समाचार