इतिहासमा आज

मंगलबार, २४ चैत, २०८२
डिजिटल संस्करण

सन् १९४८ : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को स्थापना । डब्लुएचओ विश्वव्यापी रोग र महामारीसँग लड्ने, राष्ट्रिय स्वास्थ्य सेवा निर्माण गर्ने र यसका सदस्य राष्ट्रमा स्वास्थ्य शिक्षा सुधार गर्ने संयुक्त राष्ट्रको एक निकाय हो ।

सन् १९६९ : इन्टरनेटको सुरुवात भयो । एडभान्स्ड रिसर्च प्रोजेक्ट एजेन्सी (एआरपिए) ले बिबिएन टेक्नोलोजीलाई अहिलेको वर्ल्डवाइड वेबको पूर्ववर्ती बनाउन ठेक्का दियो ।

सन् १९९० : फ्रान्समा निर्मित यात्रुवाहक पानीजहाज स्क्यान्डिनेभियन स्टारमा भएको आगजनीमा १५९ जनाको मृत्यु । 

सन् १९९४ : रुवान्डाका प्रधानमन्त्री अगाथे उविलिंगिइमानाको हत्या । 

सन् २००१ : नासाले मार्स ओडिसी अन्तरिक्षयान प्रक्षेपण गर्यो । 

सुझावित समाचार