संसदमा निष्पक्ष भूमिका निर्वाह गर्ने सभामुख अर्यालको प्रतिबद्धता

सोमबार, २३ चैत, २०८२
डिजिटल संस्करण

नयाँ निर्वाचित सभामुख डोलप्रसाद अर्यालले संसदमा आफ्नो भूमिका निष्पक्ष रहने प्रतिबद्धता व्यक्त गरेका छन्। सभामुखमा निर्वाचित भइसकेपछि उनले औपचारिक रूपमा प्रतिनिधिसभालाई सम्बोधन गर्दै यो कुरा बताएका हुन्।

सोमबार प्रतिनिधिसभाको बैठक सञ्चालन गर्दै उनले भने, 'सबैको समन्वयमा संसद्को गरिमा बढ्नेमा कुनै दुविधा छैन। मेरो भूमिका पूर्ण रूपमा निष्पक्ष हुनेछ।'

अर्यालले सभामुखको पदलाई उच्च बनाउन काम गर्ने र यस पदमा तटस्थ, निष्पक्ष तथा समन्वयकारी रहने प्रतिबद्धता व्यक्त गरे। साथै, पुराना ऐन संशोधन गर्न र आवश्यक परे नयाँ ऐन बनाउन संसद् तत्पर रहने पनि उनले बताएका छन्।

सुझावित समाचार