सिजीका सामानमा ५६ हजारसम्म क्यासब्याक योजना

आइतबार, २२ चैत, २०८२
डिजिटल संस्करण

इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले नयाँ वर्ष ०८३ को अवसरमा ‘एक्सपेरियन्स लाइफ विथ सिजी’ योजना घोषणा गरेको छ । आधुनिक प्रविधि र जीवनशैलीलाई केन्द्रमा राख्दै ल्याइएको यस योजनाले उपभोक्तालाई स्मार्ट, सहज र उन्नत जीवनको अनुभव प्रदान गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।

योजनाअन्तर्गत ग्राहकले सिजी ब्रान्डका टेलिभिजन, रेफ्रिजेरेटर, वासिङ मेसिन, माइक्रोवेभ ओभन तथा एयर कन्डिसनरजस्ता विभिन्न घरायसी उपकरण खरिदमा अधिकतम ५६ हजारसम्म आकर्षक क्यासब्याक सुविधा पाउनेछन् । साथै, वासिङ मेसिनको खरिदमा मोडेलअनुसार एरियल डिटर्जेन्ट, माइक्रोवेभ ओभनको खरिदमा कुकिङ किट र एयर कन्डिसनरको खरिदमा निःशुल्क जडान सुविधासमेत प्रदान गरिने जनाइएको छ । 

कम्पनीका अनुसार ग्राहकलाई सहज किस्ताबन्दीका लागि ‘सिजी इलेक्स इएमआई’ सुविधा पनि छ । यसअन्तर्गत ग्राहकले आफ्नो नागरिकता मात्र पेस गरेर सजिलै किस्ताबन्दीमा सामान खरिद गर्न सक्नेछन् । यसले उपभोक्तालाई आवश्यक प्रविधिमा सहज पहुँच प्रदान गर्दै आधुनिक जीवनशैलीलाई अझ सरल, प्रभावकारी र आर्थिक रूपमा सहज बनाउने विश्वास कम्पनीले लिएको छ ।

यो अफरले ग्राहकको दैनिक जीवनमा थप सुविधा, मूल्य र सन्तुष्टि प्रदान गर्ने अपेक्षा गरिएको छ । कम्पनीले जनाएअनुसार यो योजना चैत १९ गतेदेखि सीमित अवधिका लागि नेपालभरका प्रमुख आउटलेटहरूमा लागू भइसकेको छ । 

See More On

सुझावित समाचार