डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले वित्तीय साक्षरता कार्यक्रम गरेको छ । संस्थाले ग्लोबल मनी विक–२०२६ का अवसरमा बालबालिका तथा युवाहरूमा वित्तीय साक्षरता कार्यक्रम गरेको हो ।
यस संस्थाका प्रदेश कार्यालयअन्तर्गत रहेका २२ शाखाले गरेको कार्यक्रमबाट १४ सय ९७ जना लाभान्वित भएको बताइएको छ । सप्ताहव्यापी रूपमा आयोजना गरिएको कार्यक्रमले बालबालिका, युवा तथा समाजमा सकारात्मक सन्देश प्रवाह भएको संस्थाले विश्वास लिएको छ । यो वर्षको ग्लोबल मनी विक नारा ‘स्मार्ट मनी टक्स’ रहेको थियो ।