अध्यक्ष पक्राउपछि दुईपटक बस्यो एमाले सचिवालय बैठक

मंगलबार, १७ चैत, २०८२
डिजिटल संस्करण

नेकपा एमाले सचिवालय बैठक जारी छ। पार्टी कार्यालय च्यासलमा बैठक बसेको हो। अध्यक्ष केपी ओलीको पक्राउपछि एमाले सचिवालय बैठक दुईपटक बसिसकेको छ।

ओली पक्राउ परेकै दिन विरोधका कार्यक्रम तय गर्न उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा बसेको थियो भने आजको बैठकमा संसदीय दलको नेता चयनको विषयमा छलफल हुने जनाइएको छ ।

राष्ट्रपतिले बिहीबार निर्वाचित सांसदहरूको पहिलो संसद् बैठक डाकेकाले एमाले आफ्नो संसदीय नेता चयनका लागि छलफलमा जुटेको छ । 

सुझावित समाचार