आयल निगमले २ वैशाखबाट सम्पूर्ण आर्थिक कारोबार डिजिटल गर्ने निर्णय गरेको छ । सरकारको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमा समावेश सार्वजनिक सेवालाई डिजिटल प्रणालीमा लैजाने नीतिलाई सघाउ पुर्याउन निगमले यस्तो निर्णय गरेको हो ।
निगमले ६ वर्षअघिबाट इआरपी सफ्टवेयर लागू गरिरहे पनि आंशिक रूपमा मात्र कार्यान्वयन गरिरहेको छ । तर, २ वैशाखबाट भने निगमले प्राप्ति गर्ने आम्दानी पनि अनलाइनबाटै र भुक्तानी गर्नुपर्ने रकम पनि चेक प्रवाह नगरी अनलाइनबाटै दिने व्यवस्था लागू गर्ने निर्णय भएको इआरपी कार्यान्वयन परियोजना प्रमुख प्रदीप यादवले जानकारी दिए ।