चीनका प्रधानमन्त्री ली छ्याङले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाइ सन्देश पठाएका छन्।
बधाई सन्देशमा उनले चीन र नेपाल पहाड र जलबाट जोडिएको परम्परागत छिमेकी मुलुक हो भन्दै दौत्य सम्बन्ध स्थापना भएको ७१ वर्षयता दुई देशले शान्ति सहअस्तित्वका पाँच सिद्धान्तको आधारमा द्वीपक्षीय सम्बन्धको विकास गरिरहेको उल्लेख गरेका छन्।
नेपाल सरकारको शासन संचालनमा चीन सरकारले समर्थन रहेको भन्दै चिनियाँ प्रधानमन्त्रीले स्वतन्त्रता, सार्वभौमिकता र भौगोलिक अविच्छिन्नताको संरक्षण गर्न नेपाललाई निरन्तर रूपमा समर्थन गर्ने उल्लेख गरे। आफूले प्रधानमन्त्री बालेन्द्र शाहसँग मिलेर चीन–नेपाल उच्चस्तरीय रूपमा बेल्ट एन्ड रोडको संयुक्त निर्माण गर्न र अरू विभिन्न क्षेत्रका सहयोगलाई गहिरो पारी चीन–नेपाल विकास तथा समृद्धि उन्मुख युगौँयुग मैत्रीपूर्ण रणनीतिक सहयोग साझेदारी सम्बन्धलाई अघि सार्ने इच्छा लिएको उनले बताएका छन्।