इतिहासमा आज

शुक्रबार, १३ चैत, २०८२
डिजिटल संस्करण

सन् १९७७ : स्पेनको टेनराइफ विमानस्थलको धावनमार्गमा बोइङ –७४७ मोडलका दुई विमान जुध्दा ५८३ को मृत्यु भयो । यो हवाई इतिहासको सबैभन्दा भयानक दुर्घटना हो ।

सन् १७९४ : केहीअघि स्वतन्त्र भएको अमेरिकाले एक स्थायी नौसेना गठन गर्ने कानुन ल्यायो ।

सन् १९१४ : डा. अल्बर्ट हस्टिनले ब्रसेल्समा पहिलो ‘अप्रत्यक्ष रक्तदान’ (दाताले दिएको रगत केही समय राखेर आवश्यक पर्दा दिन सकिने) सफल परीक्षण गरे । रगत जम्न नदिन ‘सोडियम साइट्रेट’को प्रयोग गरिएको थियो ।  

सन् १९३३ : आविष्कारकद्वय रेगिनाल्ड गिब्सन र एरिक विलियम फसेटले ‘पोलिथिन’को आविष्कार गरे ।

सन् १९७६ : अमेरिकाको राजधानी वासिंटन डिसीको भूमिगत रेलमार्गको पहिलो खण्ड सञ्चालनमा आयो ।

सन् १९९० : अमेरिकाले क्युबामा क्यास्ट्रोविरोधी भावना फैलाउन ‘टिभी माट्रिन’को प्रसारण सुरु गर्यो । 

सन् १९९३ : जियाङ जेमिन जनवादी गणतन्त्र चीनका राष्ट्रपति चुनिए ।  

सन् २००६ : म्यानमारको सैन्य सरकारले औपचारिक रूपमा देशको राजधानी र्याङगुनबाट नेपिड सरेको घोषणा गर्यो । 

सन् २०२० : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिडपछि थलिएको अर्थतन्त्रलाई उकास्न भन्दै २.२ ट्रिलियन डलरको आर्थिक राहत प्याकेजमा हस्ताक्षर गरे ।  

सुझावित समाचार