बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाको बैठक बस्दै

बिहिबार, १२ चैत, २०८२
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीले वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन गर्न बैठक बोलाएको छ। ४ बजेबाट पार्टी कार्यालयमा केन्द्रीय कमिटीको बैठक बस्न लागेको हो। 

सो बैठकले सर्वसम्मत रूपमा शाहलाई संसदीय दलको नेता चयनका लागि संसदीय दललाई अधिकार दिन लागेको छ । जसअनुसार आजै संसदीय दलको बैठकले बालेनलाई संसदीय दलको नेता चयन गर्नेछ। यससम्बन्धी जानकारी पार्टीले राष्ट्रपति कार्यालयलाई दिएपछि उनी बहुमतप्राप्त दलको संसदीय दलको नेताको रूपमा प्रधानमन्त्रीमा नियुक्त हुनेछन्। 
उनको शपथग्रहण शुक्रबार १२ः३४ का लागि तय गरिएको छ।  

सुझावित समाचार