ग्लोबल आइएमई र तिलगंगाबिच सहकार्य

बुधबार, ११ चैत, २०८२
डिजिटल संस्करण

ग्लोबल आइएमई बैंक लिमिटेड र तिलगंगा आँखा प्रतिष्ठानबिच सम्झौता भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक प्राडा सन्दुक रुइतको उपस्थितिमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र प्रतिष्ठानकी प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरुङले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । हस्ताक्षर समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, बैंकका उच्चपदस्थ कर्मचारीलगायत प्रतिष्ठानका कर्मचारीसमेतको उपस्थिति थियो । 

समझदारीअनुसार तिलगंगाले ग्लोबल आइएमईको वित्तीय सहयोगमा सातै प्रदेशका सात स्थानमा आर्थिक रूपमा कमजोर, ज्येष्ठ नागरिक तथा विपन्न वर्गका नागरिकको निःशुल्क रूपमा मोतीविन्दुको पहिचान गरी शल्यक्रिया गर्नेछ । साथै, विद्यालयमा अध्ययनरत आर्थिक रूपमा कमजोर तथा विपन्न छात्र–छात्राको आँखा परीक्षण गरी आवश्यकताअनुसार निःशुल्क रूपमा चस्मा वितरण गरिनेसमेत समझदारी भएको छ । अध्यक्ष ढकालले बैंकले नाफाको एक हिस्सा समाजलाई फिर्ता गर्ने परम्परालाई निरन्तरता दिँदै आएको बताए । त्यसैगरी, कार्यकारी निर्देशक प्राडा रुइतले सहकार्यमा अवसर र चुनौती दुवै रहेको बताउँदै ग्लोबल आइएमईसँगको सहकार्यलाई दिगो हुने गरी काम गर्ने बताए । 

सुझावित समाचार