मुक्तिनाथ विकास बैंकले ‘अवसरको झोला’ अभियान सञ्चालनमा ल्याएको छ । बैंकले यो अभियानअन्तर्गत आर्थिक रूपमा कमजोर तथा अवसरबाट वञ्चित विद्यार्थीलाई विद्यालय झोला र स्टेसनरी सामान वितरण गरेको छ ।
कसैका लागि साधारण देखिने एउटा झोला बालबालिकाका लागि भने अवसरको ढोका बन्न सक्ने बैंकको बुझाइ छ । यही बुझाइसहित बैंकले विद्यार्थीको काँधमा केवल झोला मात्र होइन, सम्भावना, आत्मविश्वास र उज्ज्वल भविष्यको आशा पनि सुम्पिएको बताएको छ । यसै अभियानसँगै बैंकले शिक्षालाई प्रोत्साहन गर्न विद्यालय पोसाक तथा मिहिनेती तथा उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै उनीहरूको लगनशीलताको कदर गरिएको बैंकको भनाइ छ ।
बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता पहललाई निरन्तरता दिँदै समुदायमा दिगो प्रभाव सिर्जना गर्ने प्रतिबद्धता जनाएको छ । हालसम्म बैंकले सुर्खेत, कालीकोट, धनुषालगायतका जिल्लामा गरी करिब पाँच सयभन्दा बढी विद्यालय झोला प्रदान गरिसकेको छ ।