अनुमतिविना पाठ्यपुस्तक परिवर्तन नगर्न संस्थागत विद्यालयलाई धनगढी उपमहानगरको निर्देशन

सोमबार, ९ चैत, २०८२
डिजिटल संस्करण

धनगढी उपमहानगरपालिकाले उहामहानगरभित्रका निजी विद्यालयलाई अनुमतिविना पाठ्यपुस्तक परिवर्तन नगर्न निर्देशन दिएको छ। उपमहानगरले सूचना जारी गर्दै अनुमतिविना पाठ्यपुस्तक परिवर्तन गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिएको हो।

उपमहानगरको शिक्षा शाखा प्रमुख घुम्मनसिंह बडायकले निजी विद्यालयले हरेक शैक्षिक सत्रमा पाठ्यपुस्तक परिवर्तन गर्दा अभिभावकलाई आर्थिक बोझ परेको गुनासो आएकाले पाठ्यपुस्तक परिवर्तन नगर्न निर्देशन जारी गरिएको बताए।

अधिकांश निजी विद्यालयले हरेक शैक्षिक सत्रमा पाठ्यपुस्तक परिवर्तन गर्दै आएका छन्। विद्यालय सञ्चालकले प्रकाशकसँग कमिसनका लागि पाठ्यपुस्तक परिवर्तन गर्दा त्यसको मारमा अभिभावक पर्ने गरेका छन्।

सुझावित समाचार