एभरेष्ट बैंकको ०८३ को क्यालेन्डर सार्वजनिक

आइतबार, ८ चैत, २०८२
डिजिटल संस्करण

एभरेष्ट बैंकले नयाँ वर्ष ०८३ को क्यालेन्डर सार्वजनिक गरेको छ । ०८३ को क्यालेन्डरमा उन्नाइसौँ शताब्दीको मध्यदेखि सुरु भएको र महादेशीय दृष्टिकोणले समेत महत्वपूर्ण मानिने ‘नेपालको विकास यात्रा : नवप्रवर्तनका आयाम’लाई मुख्य विषयवस्तुका रूपमा प्रस्तुत गरिएको बैंकले जनाएको छ । बैंकले लामो समयदेखि नेपालको धर्म, संस्कृति, पर्यटन तथा पुरातात्विक महत्वका विषयवस्तुलाई समेटेर आफ्नो कर्पोरेट क्यालेन्डर प्रकाशन गर्दै आएको छ । 

एक कार्यक्रमबिच बैंक सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्यले नयाँ वर्षको क्यालेन्डर सार्वजनिक गरेका हुन् । उक्त समारोहमा बैंकका सञ्चालकलगायत अन्य उच्च पदस्थ अधिकारीको उपस्थिति थियो ।

बैंकले देशभरमा एक सय ३३ शाखा सञ्जाल, चार एक्सटेन्सन काउन्टर, सात प्रादेशिक कार्यालय र एक सय ६३ वटा एटिएम सञ्चालनमा छन् । साथै, नेपाल सरकारको राजस्व संकलनका लागि ३३ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।

सुझावित समाचार