फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ दुई हजार ८९० उम्मेदवारको जमानत जफत भएको छ। कुल सदर मतको १० प्रतिशत मत नपाउने उम्मेदवारहरूको जमानत जफत भएको निर्वाचन आयोगले जनाएको छ।
आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार जमानत जफत भएकामध्ये ३५० उम्मेदवारको मत शून्य दखिएको छ। जमानत जफत भएकामध्ये ३५० उम्मेदवारले कुनै पनि मत पाएनन्।
‘जमानत राखिएका उम्मेदवारहरूमध्ये जसले सदर मतको १० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुहुन्छ उहाँहरूको जमानत फिर्ता हुन्छ। तर, सदर मतको १० प्रतिशतभन्दा कम मत प्राप्त गर्ने उम्मेदवारहरूको जमानत जफत हुन्छ,’ उनले भने।