तनहुँ-१ मा रास्वपाका स्वर्णिम वाग्ले विजयी

शनिबार, २३ फागुन, २०८२
डिजिटल संस्करण

प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्ले विजयी भएका छन्। शनिबार सम्पन्न मतगणनाअनुसार ३८ हजार ४० मत प्राप्त गरी वाग्ले विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद उपाध्यायले जानकारी दिए।

उनका अनुसार प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले १६ हजार २३१ मत प्राप्त गरेका छन्। यस्तै, नेकपा (एमाले) का भगवती न्यौपानेले पाँच हजार आठ सय ३० मत र नेपाली कम्युनिस्ट पार्टीका विद्यानाथ ढकालले दुई हजार तीन सय ९३ मत प्राप्त गरेका छन् ।

सुझावित समाचार