प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को मतदान हिजाे सम्पन्न भए पनि काभ्रेपलाञ्चोक जिल्लामा बल्ल मतगणना सुरु भएको छ । क्षेत्र नं. १ को पनौतीमा र क्षेत्र नं. २ को धुलिखेलमा मतगणना भइरहेको छ । क्षेत्र नं. १ मा महाभारत गाउँपालिकाको र क्षेत्र नं. २ मा धुलिखेल नगरपालिकाको मतगणना भइरहेको छ ।
काभ्रे १ मा अझै मत गणना सुरु भएको छैन । करिब ११:४५ बजे सुरु गर्ने तयारी छ । यो क्षेत्रमा पुरुष ८३ हजार ७७३ जना, महिला ७७ हजार ३२६ र अन्य एकजना गरी जम्मा एक लाख ६१ हजार एक सय मतदाता रहेकोमा पुरुष ४९ हजार ३८८ महिला ४१ हजार ७४० गरी जम्मा ९१ हजार १२८ ले अर्थात् ५६.५७ प्रतिशतले मतदान गरेका छन् ।
क्षेत्र नं. २ मा २४ जना उम्मेदवार रहेका छन् । यो क्षेत्रमा पुरुष ८३ हजार ७२६ र महिला ८१ हजार ७८४ गरी जम्मा एक लाख ६५ हजार ५११ जना मतदाता रहेकोमा पुरुष ५५ हजार १२४ र महिला ५१ हजार ८९ गरी जम्मा एक लाख ६ हजार २१३ ले अर्थात् ६४.१७ प्रतिशत मत खसेको थियो ।