सात महिनामा ओटिसी बजारमा तीन अर्ब २६ करोडको सेयर कारोबार

बिहिबार, २१ फागुन, २०८२
डिजिटल संस्करण
  • फोन पेको मात्रै एक अर्ब ५१ करोडको सेयर कारोबार, किनबेचबाट ३१ करोड पाँच लाखको पुँजीगत लाभकर उठ्यो

चालू आर्थिक वर्ष ०८२/८३ को माघ मसान्तसम्म ओभर–द–काउन्टर (ओटिसी) बजारमा तीन अर्ब २६ करोड ८८ लाख रुपैयाँबराबर सेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार उक्त अवधिमा २९ कम्पनीको एक करोड ६० लाख ८८ हजार सात सय २९ कित्ता सेयर किनबेच भएको छ । 

दोस्रो बजारबाहिर हुने यस्ता कारोबारमा सीमित पक्षबिच प्रत्यक्ष किनबेच हुने भएकाले एकैपटक ठुलो परिमाणमा सेयर हस्तान्तरण हुने गर्छ । तथ्यांकअनुसार आर्थिक वर्षको सुरुवातदेखि माघ मसान्तसम्म उद्योग, ऊर्जा, होटेल, ब्रोकरेज, क्यापिटल, डिजिटल भुक्तानी सेवा, लगानी तथा स्वास्थ्य क्षेत्रका कम्पनीहरूको सेयर ठुलो परिमाणमा किनबेच भएका छन् ।

सबैभन्दा ठुलो कारोबार फोनपे पेमेन्ट सर्भिसमा भएको छ । २५ माघमा ११ लाख ५२ हजार ११ कित्ता सेयर प्रतिकित्ता एक हजार तीन सय १५ रुपैयाँका दरले किनबेच भएको छ । यो कम्पनीको मात्रै कुल एक अर्ब ५१ करोड ४८ लाख ९४ हजार चार सय ६५ रुपैयाँबराबरको रकमको कारोबार भएको हो । यसबाट मात्र १८ करोड ३५ लाख ११ हजार चार सय ३२ रुपैयाँ ८० पैसा पुँजीगत लाभकर संकलन भएको नेप्सेले जनाएको छ ।

२ असोजमा होटेल फरेस्ट इन लिमिटेडमा १७ लाख ४० हजार कित्ता एक सय २४ रुपैयाँ २९ पैसाका दरले कारोबार भएको छ । यो कम्पनीको २१ करोड ६२ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको छ । जसबापत पुँजीगत लाभकर ४२ लाख २६ हजार पाँच सय रुपैयाँ तिरिएको छ । सोही दिन थप २० हजार कित्ता १०० रुपैयाँ दरमा २० लाख रुपैयाँमा कारोबार भएको छ । फेस भ्याल्युमा कारोबार हुँदा यसबाट कर संकलन शून्य देखिएको छ ।

बिजनेस इन्ट्रेस्ट ग्रुप अफ इन्डस्ट्री लिमिटेडमा ७ कात्तिकमा १३ लाख ८० हजार आठ सय ५० कित्ता एक सय ३५ रुपैयाँ २४ पैसाका दरले खरिद–बिक्री भएको छ । कुल १८ करोड ६७ लाख ४७ हजार एक सय ५० रुपैयाँमा कारोबार हुँदा पुँजीगत लाभकर ६१ लाख ८० हजार ९० रुपैयाँको संकलन भएको छ ।

सर्वोत्तम स्टिलमा तीनपटक ठुलो कारोबार 
सर्वोत्तम स्टिलको ४ साउनमा सात लाख ४४ हजार ६ सय ५८ कित्ता १४०.६३ रुपैयाँ दरले बिक्री भएको छ । कुल १० करोड ४७ लाख २२ हजार एक सय २० रुपैयाँको कारोबार हुँदा ३० लाख ३० हजार ६ सय ३२ रुपैयाँको पुँजीगत लाभकर उठेको छ ।

१६ कात्तिकमा चार लाख ३२ हजार चार सय ३२ कित्ता एक सय ३० रुपैयाँका दरले किनबेच भएको छ । पाँच करोड ६२ लाख १६ हजार एक सय ६० रुपैयाँको कारोबार हुँदा पुँजीगत लाभकर १२ लाख ९७ हजार दुई सय ९६ को कारोबार भएको छ । १७ कात्तिकमा सात लाख ४६ हजार ६ सय ५८ कित्ता १४०.९४ रुपैयाँका दरले कारोबार भएको छ । १० करोड ५२ लाख ३२ हजार एक सय २० रुपैयाँ किनबेच हुँदा पुँजीगत लाभकर ३० लाख ३६ हजार ६ सय ३२ उठेको छ । 

बुढानीलकण्ठ हेरिटेजमा तीन मितिमा फरक दरमा कारोबार
२७ असोजमा बुढानीलकण्ठ हेरिटेजको १८ लाख ७३ हजार चार सय ९७ कित्ता ६३.१७ रुपैयाँ दरले ११ करोड ८३ लाख ४५ हजार आठ सय ४७ रुपैयाँ ३० पैसामा किनबेच भएको छ । यसबाट पुँजीगत लाभकर १८ लाख ८२ हजार नौ सय ६६ रुपैयाँ पाँच पैसा संकलन भएको छ । 

२९ असोजमा २३ लाख १९ हजार ६ सय ७६ कित्ता ७५ रुपैयाँका दरले १७ करोड ३९ लाख ७५ हजार सात सय रुपैयाँको सेयर कारोबार भएको छ । पुँजीगत लाभकरबापत ८६ लाख ९८ हजार सात सय ८५ रुपैयाँ उठेको छ । १६ कात्तिकमा ४९ हजार सात सय ५० कित्ता ८० रुपैयाँका दरले सेयर किनबेच भएको छ । ३९ लाख ८० हजार रुपैयाँको किनबेच हुँदा पुँजीगत लाभकर दुई लाख २३ हजार आठ सय ७५ रुपैयाँ उठेको छ ।

ऊर्जा क्षेत्रमा पनि उच्च कारोबार
२० भदौमा सानिमा हाइड्रोपावर लिमिटेडको तीन लाख तीन हजार सात सय १९ कित्ता तीन सय रुपैयाँका दरले कारोबार भएको छ । नौ करोड ११ लाख १५ हजार सात सय रुपैयाँमा किनबेच हुँदा ६० लाख ७४ हजार तीन सय ८० रुपैयाँको पुँजीगत लाभकर संकलन भएको छ । 

सोलार फर्म लिमिटेडको १६ भदौमा तीन लाख कित्ता एक सय ७० रुपैयाँका दरले कारोबार भएको छ । कुल पाँच करोड १० लाख रुपैयाँको कारोबार हुँदा ३१ लाख ५० हजार रुपैयाँ पुँजीगत लाभकर संकलन भएको छ । 

२ मंसिरमा इलेक्ट्रो पावर कम्पनी लिमिटेडको १४ लाख कित्ता एक सय एक रुपैयाँका दरले बिक्री भएको छ । १४ करोड १४ लाख रुपैयाँको कारोबार हुँदा कर एक लाख ४३ हजार एक सय रुपैयाँको संकलन भएको छ । २२ असोजमा गज्र्याङ उपत्यका हाइड्रोपावर लिमिटेडको ४३ हजार चार सय कित्ता ११२.५० रुपैयाँका दरले किनबेच भएको छ । कुल ४८ लाख ८२ हजार पाँच सय रुपैयाँको कारोबार हुँदा ५४ हजार दुई सय ५० रुपैयाँ कर संकलन भएको छ । 

२० पुसमै यही कम्पनीको एक लाख ४१ हजार सात सय पाँच कित्ता एक सय ३० रुपैयाँका दरले एक करोड ८४ लाख २१ हजार ६ सय ५० रुपैयाँको कारोबार भएको छ । पुँजीगत लाभकर भने ६ लाख ३७ हजार ६ सय ७२ रुपैयाँ उठेको छ । 

ब्रोकरेज र क्यापिटल कम्पनीहरूको पनि सेयर कारोबार
हिमालयन ब्रोकरेज कम्पनी लिमिटेड दुईपटक कारोबार भएको देखिन्छ । ५ असोजमा दुई लाख कित्ता सेयर दुई करोड नौ लाखको मूल्यमा किनबेच भएको छ । त्यस्तै, २५ माघमा ६० हजार कित्ता ६७ लाख ८० हजार रुपैयाँमा कारोबार भएको छ । प्रभु क्यापिटल लिमिटेडको २२ लाख १३ हजार चार सय ४४ रुपैयाँमा किनबेच भएको छ । सिटिजन्स क्यापिटल लिमिटेडको नौ लाख रुपैयाँ, मिल्किवे सेयर ब्रोकर कम्पनी लिमिटेड दुईपटक एक करोड ७१ लाख ७० हजार रुपैयाँमा किनबेच भएको छ । सिक्योर्ड सेक्युरिटिज लिमिटेडको ७८ लाख ६९ हजार आठ सय ९४ रुपैयाँ, अनलाइन सेक्युरिटिज लिमिटेडको नौ करोड २२ लाख ७५ हजार आठ सय रुपैयाँ, स्टोक्सआर्टस् सेक्युरिटिज लिमिटेड तीन करोड नौ लाख रुपैयाँ र भोले गणेश सेक्युरिटिज लिमिटेड पाँच करोड १४ लाख पाँच हजार ६ सय रुपैयाँमा किनबेच भएको छ ।

त्यस्तै, छिमेकी बजार व्यवस्थापन कम्पनी ८६ लाख ७१ हजार तीन सय ६४ रुपैयाँ, स्नो रिभर लिमिटेड तीन करोड ३० लाख रुपैयाँ, इसेवा लिमिटेड चार करोड ९७ लाख ९४ हजार ६ सय ६८ रुपैयाँ, टाइम फर्मास्युटिकल्स लिमिटेड १९ लाख ७१ हजार रुपैयाँ, हिमसिला पावर कम्पनी लिमिटेड १९ लाख ७१ हजार रुपैयाँ, लक्ष्य होल्डिङ्स लिमिटेड ४० लाख ५० हजार पाँच सय ४८ रुपैयाँ १० पैसा, प्रोपर्टी विजार्ड लिमिटेड सात करोड ३१ लाख २५ हजार रुपैयाँ, फेडेरल रिइन्स्योरेन्स ब्रोकर लिमिटेड दुई करोड ५२ लाख ५० हजार रुपैयाँ, आदर मल्टी इन्भेस्टमेन्ट कम्पनी लिमिटेड दुईपटक एक करोडभन्दा बढी, अल्फा क्यापिटल लिमिटेड ३० लाख रुपैयाँमा, हाई लाइफ एग्रो एन्ड फुड्स इन्डस्ट्रिज लिमिटेड दुई करोड ७० लाख रुपैयाँ, ग्रान्डी इन्टरनेसनल हस्पिटल लिमिटेड एक करोड रुपैयाँ र हाथवे स्टक डिलर लिमिटेड ६ लाख ८२ हजार आठ सय रुपैयाँमा किनबेच भएको छ । 
 

See More On

सुझावित समाचार