आचारसंहिताको पूर्ण पालना गर्न काउन्सिलको आग्रह

मंगलबार, १९ फागुन, २०८२
डिजिटल संस्करण

प्रेस काउन्सिल नेपालले मौन अवधिमा आचारसंहिताको पूर्ण परिपालना गर्न आग्रह गरेको छ। काउन्सिलले आजदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा विज्ञापनका अतिरिक्त टक सो, टिप्पणी, विश्लेषण, प्रश्नोत्तरजस्ता कार्यक्रम नगर्न–नगराउनेसम्बन्धी निर्वाचन आचारसंहिताको प्रावधान सम्झाएकाे हाे। 

मौन अवधिमा आचारसंहिता उल्लंघन भएमा पत्रकार आचारसंहिता, २०७३ र निर्वाचन आचारसंहिता, २०८२ को व्यवस्थाबमोजिम तत्कालै कारबाही प्रक्रिया अवलम्बन गरिने काउन्सिलले उल्लेख गरेको छ।

सुझावित समाचार