महालक्ष्मी विकास बैंक बीजचित्र फोटोग्राफी प्रतियोगिताको तेस्रो संस्करणको पुरस्कार वितरण गरिएको छ । बीजचित्र फोटोग्राफी प्रतियोगिता सञ्चालन गर्दै आइरहेकोमा यस वर्ष संस्करण–३ सफलतापूर्वक सम्पन्न गरेको छ ।
काठमाडौंमा आयोजित उक्त कार्यक्रममा प्रथम, द्वितीय, तृतीय स्थान र पब्लिक च्वाइस अवार्ड हासिल गर्ने फाटोग्राफरलाई पुरस्कार वितरण गरिएको हो । प्रतियोगितामा सुयोग कुँवर प्रथम, पारस बज्राचार्य दोस्रो र देवानन्द पोख्रेल तेस्रो भएका छन् ।
विजेताले प्रमाणपत्रका साथमा क्रमश: २५ हजार, २० हजार र १५ हजार नगद पुरस्कार प्राप्त गरेका बैंकले जनाएको छ । यस्तै, सबैभन्दा बढी भोट प्राप्त गरी शर्मनराज भण्डारीले पब्लिक च्वाइस अवार्ड जिते । उनले प्रमाणपत्रसहित १० हजार रुपैयाँ प्राप्त गरेको बैंकले जनाएको छ ।
साथै, उत्कृष्ट १५ फोटोग्राफरलाई प्रमाणपत्र प्रदान पनि गरिएको थियो । यस्ता कार्यबाट स्थानीय व्यवसाय, उद्यमशीलता, स्थानीय कलाको प्रवद्र्धन तथा प्रचारप्रसार गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
बैंकका अनुसार विश्व फोटोग्राफी दिवसका अवसरमा ११ भदौदेखि ३१ असोजसम्म विभिन्न फोटो संकलन गरिएको थियो ।प्रतियोगितामा सहभागी हुन स्थानीय साना तथा मझौला व्यापार झल्कने फोटो खिचेर पठाउन भनिएकामा विभिन्न फोटोग्राफरमार्फत फोटो प्राप्त भएका थिए ।
प्रतियोगितामा समावेश सम्पूर्ण फोटो उत्कृष्ट तथा स्थानीय तहमा सञ्चालित व्यवसायमार्फत सकारात्मक सन्देश प्रदान गर्ने खालका थिए । प्राप्त फोटोमध्ये निर्णायक समितिले उत्कृष्ट १५ वटा फोटो छनोट गरेको थियो ।