बजाज नेपालले अल–न्यु अपग्रेडेड बजाज डोमिनार– ४०० सार्वजनिक गरेको छ । कम्पनीले १ फागुनमा सार्वजनिक गरेको हो । कार्यक्रममा अपग्रेडेड डोमिनार ४०० लाई आधिकारिक रूपमा सार्वजनिक गर्दै यसको नयाँ तथा उन्नत फिचरहरू प्रस्तुत गरिएको थियो । कार्यक्रमको मुख्य आकर्षणका रूपमा मनाङ एक्सप्लोरर राइड प्रिमियर गरिएको थियो, जसले डोमिनार ४०० को लामो दूरीको क्षमता तथा कठिन भूगोलमा उत्कृष्ट प्रदर्शन क्षमतालाई प्रस्तुत गरेको कम्पनीको भनाइ छ ।
डोमिनार–४०० मा डट म्याट्रिक्स डिस्प्लेसहितको डिजिटल कन्ट्रोल कन्सोल, ब्लुटुथ कनेक्टिभिटी र टर्न–बाई–टर्न नेभिगेसन, राइड–बाई–वायरसहित चार राइड मोड रहेका छन् । एड्जस्टेबल लेभर तथा हजार्ड लाइट प्रणालीजस्ता आधुनिक प्रविधि समावेश गरिएको छ, जसले सुरक्षा र राइडिङ अनुभवलाई थप उत्कृष्ट बनाएको कम्पनीको दाबी छ ।
यो मोडेलले आधुनिक प्रविधिसहित प्रदर्शनकेन्द्रित बाइक प्रदान गर्ने बजाजको प्रतिबद्धतालाई थप मजबुत बनाएको कम्पनीको भनाइ छ । ग्राहकले फागुन ४ देखि ८ सम्म आयोजना हुने टेस्ट राइडमार्फत बाइकलाई नजिकबाट अनुभव गर्न सक्ने बताइएको छ ।